काठमाडौं । नेपाल समाजवादी पार्टीको पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।
भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।
नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।
भारत प्रवास र अन्य मुलुक गरी लगभग १२ वटा राष्ट्रबाट नेतृत्व चुन्नका लागि मतदान भएको नेसपाले जनाएको छ ।
पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको छ । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।
महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology