बुटवल । जनता समाजबादि पार्टी बिभाजनको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएकाे छ। मधेश प्रदेश पछि जसपाको आधार भएकाे लुम्बिनी प्रदेशमा रहेका ५८ जना पार्टी केन्द्रिय सदस्यमध्य ३३ जना केन्द्रिय सदस्यले जसपा परित्याग गरि डा. बाबुराम भट्टराईद्वारा नवगठित नेपाल समाज पार्टी (नेसपा) मा संगठित हुने जनाएका छन् ।
अधिकांस केन्दिय सदस्यले उपेन्द्र यादव नेतृत्वको जसपा परित्याग गरि डा. भट्टराई नेतृत्वकाे नेसपामा आवद्ध हुने निर्णय गरेको सो पार्टीका केन्द्रिय सदस्य देबेन्द्र पाण्डेले बताए । "लुम्बिनी प्रदेशका केन्द्रिय सदस्यहरुकाे बैठकले उपेन्द्र यादव नेतृत्वकाे जनता समाजबादी पार्टीबाट सामुहिक राजिनामा दिएर नेसपामा आवद्ध हुने निर्णय गरेका छौँ" उनले भने ।
लुम्बिनी प्रदेशका ईन्चार्ज दान ब. चाैधरिकाे नेतृत्वमा, सह ईन्चार्जहरू वकिल मुसलमान, चिनक कुर्मि र कमल खनालले नेसपा रोजेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरु गाेबिन्द चाैधरि, बिष्णुहरि शर्मा, यज्ञ प्रसाद पाेखरेल, सुरेन्द्र पटेल, कर्णध्वज के सि, उर्मीला पाण्डे, देबेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरि, बिस्वदिप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थि, अतिउल्ला मुसलमान, उमाशँकर यादव, जि एस गुरुङ, जितमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, बेदप्रकास आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा. मुक्ति रिजाल, सुनिता काफ्ले, पँकज राई, गाेकर्ण थापा र बिरेन्द्र हरिजनले उपेन्द्र यादवको जसपा छोडेर बाबुराम भट्टराईको नेसपा रोजेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology