कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीवार बताएको छ । उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८ मा अन्तिम पटक भएको पुनर्मिलन कोरियाली प्रायद्वीप विभाजनको विनाशकारी मानवीय मूल्यको प्रमाण थियो ।
तर यी भेटघाटहरू अन्तर–कोरियाली राजनीतिको अधीनमा थिए र प्योङयाङद्वारा प्रायः वार्ताको साधनका रूपमा प्रयोग गरिन्थे । ‘माउन्ट कुमगाङ पुनर्मिलन केन्द्रको विध्वंस छुट्टिएका परिवारहरूको हार्दिक इच्छालाई कुल्चने अमानवीय कार्य हो ।’
सियोलको एकीकरण मन्त्रालयका प्रवक्ताले भने, ‘दक्षिण कोरियाले यस्ता कार्यहरू तत्काल रोक्न कडा आग्रह गर्दछ र कडा खेद व्यक्त गर्दछ, उत्तर कोरियाको एकपक्षीय विध्वंस कुनै पनि बहानाअन्तर्गत उचित हुन सक्दैन र उत्तर कोरियाली अधिकारीहरूले यस अवस्थाको लागि पूर्ण जिम्मेवारी लिनुपर्छ ।’
सन् १९८८ देखि करिब एक लाख ३० हजार दक्षिण कोरियालीले आफूलाई ‘छुट्टिएका परिवार’ का रूपमा दर्ता गराएका छन् । सन् २०२५ सम्म आधिकारिक तथ्याङ्क अनुसार ती व्यक्तिहरू मध्ये करिब ३६ हजार जना अझै जीवित छन् ।
पचहत्तर प्रतिशतले आफ्ना आफन्तहरू जीवित छन् वा मृत छन् भन्ने थाहा नभएको बताएका छन् । केही भाग्यमानीलाई माउन्ट कुमगाङ रिसोर्टमा आयोजना गरिने सीमापार पुनर्मिलनमा भाग लिन छनोट गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology