Logo

२०८३, आश्विन १७गते


images
images

अन्तर्राष्ट्रिय

फ्लाईदुबईको विमानका दुवै पाइलटलाई अनुसन्धानका लागि अबुधाबी लगियो

फ्लाईदुबईको विमानका दुवै पाइलटलाई अनुसन्धानका लागि अबुधाबी लगियो

images
  • फ्लाईदुबईको विमानका दुवै पाइलटलाई अनुसन्धानका लागि अबुधाबी लगियो
    images
    images

    काठमाडौँ । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका क्याप्टेन र सहचालकलाई साउदी अरबमा आपत्कालीन अवतरणपछि अबुधाबी लगिएको छ ।

    images
    images
    images

    साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले प्रारम्भिक अनुसन्धान गरिरहेका बेला दुवै पाइलटको स्वास्थ्यमा सुधार भएपछि उनीहरूलाई अबुधाबी लगिएको हो ।

    images
    images
    images

    फ्लाईदुबईको उडान एफजेड १०७३ मा १७४ यात्रु र ८ जना चालक दलका सदस्य थिए । सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ उडेको विमानले बिहान ९: ४५ बजे साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित आपत्कालीन अवतरण गरेको थियो ।

    images
    images
    images

    घटनापछि यात्रुको यात्रा जारी राख्न त्यही दिन दुईवटा वैकल्पिक विमान तबुक पठाइएको थियो । यात्रुहरू साँझ ५: ४० बजे फ्लाईदुबईकै अर्को विमानबाट गन्तव्यतर्फ लागेका थिए भने चालक दलका अन्य सदस्य अर्को उडानबाट दुबई फर्किएका थिए । क्याप्टेन र सहचालकलाई भने उपचारका लागि तबुकस्थित अस्पताल लगिएको थियो ।

    साउदी अधिकारीहरूले संयुक्त अरब इमिरेट्सको सुरक्षा टोलीको सहभागितामा गरेको प्रारम्भिक अनुसन्धानअनुसार सहचालकले क्याप्टेनमाथि आक्रमण गरेका थिए, जसबाट दुवै जना घाइते भएका थिए । स्वास्थ्यमा सुधार आएपछि चिकित्सकले यात्रा गर्न अनुमति दिएपछि दुवै पाइलटलाई संयुक्त अरब इमिरेट्सका सुरक्षा अधिकारीको साथमा अबुधाबी लगिएको हो ।

    अबुधाबी पुगेपछि दुवै पाइलटसँग थप सोधपुछ गरिने बताइएको छ । घटनाको वास्तविक कारण र विमानभित्र भएको घटनाबारे साउदी अरब तथा संयुक्त अरब इमिरेट्सका सम्बन्धित निकायले अनुसन्धान जारी राखेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्लाईदुबई
  • # विमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।