काठमाडौं । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसदका दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं, बैठकपछि गृहमन्त्री लेखकले बताए ।’ उनका अनुसार बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको छ । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्नेचाहिँ खुलाएनन् ।
‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ ।’ गृहमन्त्री लेखकले भने, ‘बहुमत पुग्छ । पुग्नेगरी छलफल भएको छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology