Logo

२०८३, श्रावण ३०गते


images
images

नकारात्मकताको जरो नै केपी ओली हुन् : एकीकृत समाजवादी

नकारात्मकताको जरो नै केपी ओली हुन् : एकीकृत समाजवादी

images
  • नकारात्मकताको जरो नै केपी ओली हुन् : एकीकृत समाजवादी
    images
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाएका छन्।

    images
    images
    images

    ललतिपुरमा शुक्रवारबाट जारी केन्द्रीय कमिटीको बैठकका बारेमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताए। उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रिय कमिटीमा एकमत रहेको बताए।

    images
    images
    images

    उनले भने, ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलि नै रहेको छ। किनकी यो देशमा सबै नकारात्मकताको मुल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रष्ट नै छौँ। तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ।’

    images
    images
    images

    प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरुले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रिकृत भएको बताए। पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रश्ताव बैठकमा गरिएको उनको भनाइ छ। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।