Logo

२०८३, श्रावण ३०गते


images
images

गालीगलौजको अपसँस्कृतिले देश बन्दैन : शंकर पोखरेल

गालीगलौजको अपसँस्कृतिले देश बन्दैन : शंकर पोखरेल

images
  • गालीगलौजको अपसँस्कृतिले देश बन्दैन : शंकर पोखरेल
    images
    images

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालीगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘आजभोलि नेपाली समाजमा विशेष गरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन ।’

    images
    images
    images

    महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति विश्वास र भविष्यप्रति आशावादी दृष्टिकोण आवश्यक रहेको बताए । उनका अनुसार काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निराशातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता कुरामा गम्भीर हुनु पर्दछ’, महासचिव पोखरेलले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।