Logo

२०८३, श्रावण ३०गते


images
images

कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव

कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव

images
  • कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव
    images
    images

    कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् ।

    images
    images
    images

    रास्कोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरूको बिचको एकता पनि रूपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’

    images
    images
    images

    उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे ।

    महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए । 

    उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।