Logo

२०८३, श्रावण ३०गते


images
images

सहिदका अधुरा सपना पूरा गर्नुपर्नेछ : सभामुख घिमिरे

सहिदका अधुरा सपना पूरा गर्नुपर्नेछ : सभामुख घिमिरे

images
  • सहिदका अधुरा सपना पूरा गर्नुपर्नेछ : सभामुख घिमिरे
    images
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले सहिदहरुको अधुरो सपना पूरा गर्नुपर्ने चुनौति रहेको बताएका छन् । बुधवार काठमाडौंमा सुखानी आन्दोलनका सहिदहरुको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images


    सभामुख घिमिरेले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतिहरु देखिएको बताए । सहिदहरुको बलिदानलाई खेर जान दिनु नहुने भन्दै उनले सहिदहरुको अधुरा सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने उल्लेख गरे ।

    images
    images
    images


    सुखानी आन्दोलनका सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल, नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।