काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिए । उनले सरकारले कुलमानलाई हटएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको आरोप लगाए ।
‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ, मन्त्रीपरिषद्को निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ ।’ सचेतक शाहीले भने, ‘यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवै ठाउँबाट आवाज उठ्छ ।’
‘कुलमानलाई लखेट्नका लागि सरकारले अनेक प्रपञ्ज गरिरहेको छ’ : रास्वपा सांसद झा
यसैविच रास्वपाका सांसद मनिष झाले सरकारले कुलमान घिसिङलाई लखेट्नका लागि अनेक प्रपञ्ज गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले कुलमानको कामको मूल्याकंन शून्यमा पु¥याएको जिकिर गरे । यो सरकारले कुलमानलाई हटाए आफूहरूले हजारौं कुलमान ल्याउने झा ले चेतावनी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology