०५ बैशाख काठमाडौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर ५ हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो । ती मध्ये पिसिआर विधिबाट १ हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ । निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय छ भने अहिले सम्म ३ हजार ८३ जना को कोरोना बाट मृत्युु भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने २ सय ६२ जना उपचार पछी निको भएर घर फर्किएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology