Logo

२०८३, आश्विन १०गते


images
images

चितुवाकाे छाला सहित गुल्मीमा २ जना पक्राउ

चितुवाकाे छाला सहित गुल्मीमा २ जना पक्राउ

images
  • चितुवाकाे छाला  सहित गुल्मीमा २ जना पक्राउ
    प्रतिकात्मक तस्बिर
    images
    images

    गुल्मी । गुल्मीमा चितुवाको छाला सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्लाकाे छत्रकाेट गाउँपालिका ३ मा रहेको घिमिरे हाेटल एण्ड लजबाट २ जनालाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।                        

    images
    images
    images

    चितुवाको छालाकाे काराेबार भइरहेको भन्ने गाेप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकाेट गापालिका २ भेडुवाका गणेश खनालका २७ वर्षीय छाेरा सुमन खनाल र साेही ठाउँका मोतिलाल सार्कीका  ३१ वर्षीय छाेरा हरि बहादुर सार्कीलाई चितुवाकाे छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ । 

    images
    images
    images

    पक्राउ परेका २ जनालाई  आवश्यक  कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।