Logo

२०८३, श्रावण ३०गते


images
images

रूस युद्धविरामको पक्षमा छ : पुटिन

रूस युद्धविरामको पक्षमा छ : पुटिन

images
  • रूस युद्धविरामको पक्षमा छ : पुटिन
    images
    images

    काठमाडौं । रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रश्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । पुटिनले भ्रमणमा रहेका बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । 

    images
    images
    images

    शत्रुता रोक्ने प्रश्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिको लागि नेतृत्व गर्ने र यस संकटको मुल कारणहरूलाई हटाउने गरी हुनुपर्ने पुटिनको भनाई छ । उनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गरे । 

    images
    images
    images

    युक्रेनले परिचालन र हतियार आपूर्तिको लागि अस्थायी युद्धविराम प्रयोग गर्नसक्ने मुद्दा उठाउँदै उनले कुस्र्क क्षेत्रको बारेमा सुक्ष्मता उल्लेख गरे । जहाँ रूसी सेनाले अगस्ट २०२४ मा सीमापार आक्रमण गरेपछि युक्रेनी सेनालाई पराजित गर्दै आएका छन् । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।