काठमाडौं । नेपाली काँग्रेसका नेता डा. केदारनरसिंह के.सी.ले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चुनौति दिएका छन् ।
फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद द्धय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नम्बर ९ (मनमैजु) को सरकारी जग्गा काँग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए । सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार तथा प्रमाण बिना रास्वपा सांसदहरुले वदनियतपूर्ण तरिकाले आफुमा िलाञ्छना लगाएको उनले बताए ।
सांसदको शुन्य समयमा सांसद द्धयबाट अस्वभाविक रुपमा आधार तथा प्रमाण बिना भ्रमपूर्ण प्रचार गरिएको नेता सिंहले बताए । संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनत ः दोषी प्रमाण गर्न चुनौति दिदै उनले रास्वपा सांसद द्धयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने चेतावनी दिए ।
सिंहका अनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नममा कार्यालयको मोठ श्रेस्तामा जानिएको व्यहोरा उल्लेख छ ।
उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त व्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताए । कित्ता नम्बर ६३ प्रश्तावित बाटो भनेर पहिले नै पास भइसकेको उनको भनाई छ । सोही अनुरुप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी दिए । लगाइएको पर्खालको सन्दर्भमा ढिस्कोको रुपमा रहेको जग्गाबाट माटो, बालुवा झरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५÷०५६ सालतिरै पर्खाल लगाइएको बताए ।
नेता सिंहले आफूले कानून विपरित कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology