Logo

२०८३, श्रावण ३०गते


images
images

मधेसका मुख्यमन्त्री सिंह महामूर्खको उपाधिबाट सम्मानित

मधेसका मुख्यमन्त्री सिंह महामूर्खको उपाधिबाट सम्मानित

images
  • मधेसका मुख्यमन्त्री सिंह महामूर्खको उपाधिबाट सम्मानित
    images
    images

    काठमाडौं । हरेक वर्ष होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषदले प्रदान गर्ने महामूर्खको उपाधि यसवर्ष मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो । 

    images
    images
    images

    मिथिला नाट्य कला परिषद्ले शनिवार जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । उनलाई विशेष प्रकारको व्यङ्गात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सम्मान गरेका हुन् । 

    images
    images
    images

    मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चालेको कदमको सराहना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए । 

    images
    images
    images

    यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।