Logo

२०८३, श्रावण ३०गते


images
images

उर्जा

मधेसमा विद्युत् प्रसारणका ठूला आयोजना तीव्र

मधेसमा विद्युत् प्रसारणका ठूला आयोजना तीव्र

images
  • मधेसमा विद्युत् प्रसारणका ठूला आयोजना तीव्र
    images
    images

    काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र निर्माणलाई तीव्रता दिइएको छ।

    images
    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन परीक्षणका रूपमा चार्ज भइसकेको छ। करिब २४ किलोमिटर लामो उक्त प्रसारण लाइन र बालगंगा विद्युत् केन्द्रलाई दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। आयोजनाले धनुषाका विभिन्न क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    सिरहा र सप्तरीमा बढ्दो विद्युत् मागलाई ध्यान दिँदै लहान-सुखीपुर र रुपनी-बोदेबरसाइन १३२ केभी प्रसारण लाइन तथा विद्युत् केन्द्र निर्माण अघि बढाइएको छ। यी आयोजनाले ग्रामीण तथा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नेछन् ।

    images
    images
    images

    रौतहटमा चन्द्रपुर-सरुअठा १३२ केभी प्रसारण लाइन निर्माणको काम अघि बढेको छ। करिब ३७ किलोमिटर लामो उक्त प्रसारण लाइनले गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नेछ ।

    त्यस्तै, बारा-पर्साको औद्योगिक क्षेत्रलाई लक्षित गर्दै हेटौँडा-परवानीपुर-पोखरिया १३२ केभी प्रसारण आयोजना अघि बढाइएको छ। परवानीपुरदेखि पोखरियासम्म करिब २१ किलोमिटर लामो चार सर्किट प्रसारण लाइन र पोखरियामा नयाँ विद्युत् केन्द्र निर्माण गरिनेछ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार यी आयोजनाहरू सञ्चालनमा आएपछि मधेस प्रदेशको विद्युत् आपूर्ति थप भरपर्दो हुनुका साथै उद्योग, व्यवसाय र घरेलु उपभोक्ताको बढ्दो माग धान्न सहयोग पुग्नेछ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत्
  • # मधेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।