भैरहवा । लुम्बिनी प्रदेशको रुपन्देही र दाङ्गमा जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार ब्यहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार ब्यहोरेको छ ।
त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार ब्यहोरेको छ ।
त्यस्तै आज अर्को खेल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार ब्यहोरेको छ भने बागमती प्रदेश ३ खेलमा एकमा जित निकाल्दै २ वटा खेलमा होरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology