Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेश

कोशी प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

कोशी प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

images
  • कोशी प्रदेश सरकारबाट बाहिरियो काँग्रेस
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।  कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन् ।

    images
    images
    images

    कांग्रेसबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

    images
    images
    images

    केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो ।

    images
    images
    images

    कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठन हुने र नेकपासहितको सरकार बन्ने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।