Logo

२०८३, श्रावण ३०गते


images
images

उज्यालो नेपालको नायक कुलमान होइनन्, भारत र निजी क्षेत्र हुन् : उर्जा मन्त्री खड्का

उज्यालो नेपालको नायक कुलमान होइनन्, भारत र निजी क्षेत्र हुन् : उर्जा मन्त्री खड्का

घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत् पुर्‍याएर लोडसेडिङ अन्त्य गरेको हल्ला मात्र फैलाएको आरोप
images
  • उज्यालो नेपालको नायक कुलमान होइनन्, भारत र निजी क्षेत्र हुन् : उर्जा मन्त्री खड्का
    images
    images

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरेका छन्।

    images
    images
    images

    बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई भारत र निजी क्षेत्रको योगदानले भएको तर्क गरे। उनले घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत् पुर्‍याएर लोडसेडिङ अन्त्य गरेको हल्ला मात्र फैलाएको आरोप लगाए।

    images
    images
    images

    उनको दाबी अनुसार, सरकारी लगानीबाट सञ्चालित विद्युत् प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट मात्र उत्पादन गरिरहेको छ। नेपाललाई आवश्यक विद्युत आपूर्ति गर्न अहिले पनि ८२५ मेगावाट भारतबाट आयात भइरहेको छ।

    images
    images
    images

    मन्त्री खड्काले भने, "सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ, जबकि निजी क्षेत्रले २८०० मेगावाट उत्पादन गरिरहेको छ। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। उद्योगहरूमा कटौती गरेर घरमा दिइएको थियो, अहिले पनि त्यही नीति अपनाइएको छ। आज पनि ८२५ मेगावाट भारतबाट ल्याउनु परिरहेको छ। साँझ घरमै लोडसेडिङ हुनसक्ने अवस्था छ। त्यसैले उज्यालो नेपाल बनाउन कुलमान घिसिङ नायक होइनन्, बरु भारत र निजी क्षेत्रलाई धन्यावाद दिनुपर्छ।"

    उनले नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनिए पनि महालेखा परीक्षकको प्रतिवेदन अनुसार, २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखिएको उल्लेख गरे। त्यसैले प्राधिकरण नाफामा रहेको भन्ने कुरा सत्य नभएको उनको दाबी छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।