Logo

२०८३, श्रावण ३०गते


images
images

पिएम कप क्रिकेट  : बुधवारको खेलमा पुलिस, सुदुर पश्चिम र मधेस विजयी

पिएम कप क्रिकेट  : बुधवारको खेलमा पुलिस, सुदुर पश्चिम र मधेस विजयी

images
  • पिएम कप क्रिकेट  : बुधवारको खेलमा पुलिस, सुदुर पश्चिम र मधेस विजयी
    images
    images

    भैरहवा । नेपाल पुलिस क्लब, सूदूरपश्चिम प्रदेश र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधवार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी प्रदेश र मधेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित निकालेका हुन् । 

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे । बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १–१ विकेट लिए ।

    images
    images
    images

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाए पनि अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका ललितकुमार राजवंशीले ५.२ ओभरमा ७ रन खर्चिएर ५ विकेट हात पारे  । यसअघि ललितले एपीएफ विरुद्ध ६, मधेश विरुद्ध ५ तथा सुदूरपश्चिम विरुद्ध ६ विकेट लिएका थिए । यस्तै, गुलशन झाले ४ विकेट लिए ।

    images
    images
    images

    यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाईलाई ५ विकेट हरायो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै, नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा अलआउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्वल थापाले ३० रन जोडे पनि अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २–२ विकेट लिए ।

    उता दाङ्गको लमही स्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पार्यो । आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । यस्तै, रुपेश सिंहले नटआउट ३८,  हरिशंकर साह र पवन सरार्फले समान ३७ रन तथा शैलेन्द्र साहले १५ रन बनाए । आर्मीका नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २–२ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृत राज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २–२ तथा रञ्जित कुमारले १ विकेट लिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।