Logo

२०८३, आश्विन ९गते


images
images

सबै संघीय अस्पतालमा दाँतको दरबन्दी व्यवस्था गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिवद्धता

सबै संघीय अस्पतालमा दाँतको दरबन्दी व्यवस्था गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिवद्धता

images
  • सबै संघीय अस्पतालमा दाँतको दरबन्दी व्यवस्था गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिवद्धता
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दाँत स्वास्थ्यका बारेमा सामाजिक बुझाई परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहिवार काठमाडौंमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै उनले बिग्रिएका दाँतहरु कस्मेटिक पद्दतीबाट मिलाउने कार्यलाई दाँतको स्वास्थ्यसँग जोडेर आमसर्वसाधारण भ्रममा परेको बताए । 

    images
    images
    images

    उनले शरीर स्वस्थ राख्नका लागि दाँत स्वस्थ राख्नुपर्नेमा जोड दिदै दाँत उपचारका लागि अस्पताल, उपकरण तथा जनशक्तिको अनिवार्य आवश्यकता हुने बताए । दाँतको स्वास्थ्यसँग शरीरको स्वास्थ्य जोडिएको उनको भनाइ छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा दाँत सम्बन्धी जनशक्तिको उत्पादन भइरहे पनि समाजले दाँत स्वास्थ्यका बारेमा नबुझेका कारण चिकित्सकहरु विदेश पलायन हुनुपरेको बताए । उत्पादित जनशक्तिले नेपालमै सेवा दिने व्यवस्था मिलाउनका लागि समाजले उक्त विषयको आवश्यकता महशुस गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री पौडेलले सबै संघीय अस्पतालमा दाँतको दरबन्दी व्यवस्था गरी उपचार इकाइ बनाउने प्रतिवद्धता समेत जनाएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।