Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता

images
  • स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

    images
    images
    images

    भेटमा जर्मनी सरकारको आर्थिक सहकार्य तथा विकास मन्त्रालयअन्तर्गत दक्षिण एसिया विभाग तथा विकास प्रमुख बार्बरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज सहभागी थिए ।

    images
    images
    images

    भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यु, जीआईजेड र पीटीबी नेपालका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

    images
    images
    images

    छलफलका क्रममा नेपाल र जर्मनीबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा भएको थियो ।

    मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गर्दै सरकारका प्राथमिकताका क्षेत्रमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

    त्यस अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान आवश्यकता र सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा पनि सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास व्यक्त गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्यमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।