Logo

२०८३, श्रावण ३०गते


images
images

पिएम कप क्रिकेट

पिएम कप क्रिकेट : शुक्रवारको खेलम एपीएफ, त्रिभुवन र कर्णाली विजयी

पिएम कप क्रिकेट : शुक्रवारको खेलम एपीएफ, त्रिभुवन र कर्णाली विजयी

images
  • पिएम कप क्रिकेट : शुक्रवारको खेलम एपीएफ, त्रिभुवन र कर्णाली विजयी
    images
    images

    भैरहवा  । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रवार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा एक सय ९१ रनमा अलआउट भयो । उसका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए । बलिङमा एपीएफका रोहितकुमार पौडेल र अमरसिंह रौटेलाले ३–३ विकेट लिए । ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएका अमर प्लेयर अफ दि म्याच भए । 

    images
    images
    images

    एक सय ९२ रनको लक्ष्य एपीएफले ७ विकेट गुमाएर ३६.३ ओभरमा पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए भने आसिफ शेखले ३२ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले १–१ विकेट हात पारे ।

    images
    images
    images

    यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै छैटौं जित हात पारेको छ । गण्डकी भने ७ मध्ये ६ खेलमा पराजित भइसकेको छ भने अंक तालिकामा पुछारमा छ । 

    पहिले ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा एक सय १६ रनमै अलआउट भयो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए । यस्तै, दीप डुम्रेले १९, कमल परियारले १७, र विपिन खत्रीले १५ रन जोडे पनि अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा आर्मीका साहब आलमले पाँच विकेट लिए । प्लेयर अफ दि म्याच उनले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चिए । कुशल मल्ल र नरेन साउदले समान २–२ विकेट लिए । 

    १ सय १७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गर्यो । आर्मीका लागि ओपनर तृतराज दासले ३७, बसिर अहमदले नटआउट ३२, भीम सार्कीले १४ र इमरान शेखले १२ रनको योगदान गरे । बलिङमा गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुभाष भण्डारी र सुदीप अर्यालले समान १–१ विकेट लिए । आर्मी १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

    यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राकेट ओभक क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले चौथो जित दर्ता गराएको छ । शुक्रवारको खेलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले हरायो । टस जितेर ब्याटिङ गरेको कर्णाली ५ बल खेल्न बाँकी छँदा दुई सय २० रनमा अलआउट भयो । कर्णालीका दीपेन्द्र रावतले ६१ रन बनाउँदा अर्जुन घर्तीले २६ र दीनेश अधिकारीले २४ रनको योगदान गरे । बलिङमा मधेसका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले २–२ विकेट लिए । 


    २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा एक सय ३९ रनमा अलआउट भयो । उसका लागि रुपेश सिंहले सबैभन्दा बढी ३० रन बनाए । बलिङमा दीनेश अधिकारीले ४ विकेट लिए । अर्धशतक समेत प्रहार गरेर प्लेयर अफस दि म्याच दीपेन्द्र रावतले ३ विकेट लिन सफल भए ।

    आफूले खेलेका सातमध्ये चार खेलमा जित निकालेसँगै कर्णाली अंक तालिकमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेशसँग अंक बराबरी गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।