Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कर्णाली प्रदेश प्रहरी परिसरमा निर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन

कर्णाली प्रदेश प्रहरी परिसरमा निर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन

images
  • कर्णाली प्रदेश प्रहरी परिसरमा निर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन
    images
    images

    सुर्खेत । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन तथा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवन उद्घाटन गरेका छन्।

    images
    images
    images

    उद्घाटनपछि उनले भवनहरूको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय र विद्यालय परिसरमा वृक्षारोपण पनि गरेक थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरू, शिक्षक तथा विद्यार्थीलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो।

    images
    images
    images

    प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीका सन्तति तथा स्थानीय बालबालिकालाई सहज, सुलभ र गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको बताए । उनले नयाँ भवन केवल भौतिक संरचना मात्र नभई बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने थलो भएको उल्लेख गरे।

    images
    images
    images

    नेपाल पुलिस स्कुलको भवन ११ करोड २४ लाख रुपैयाँभन्दा बढी लागतमा तथा सिनियर प्रहरी अधिकृत निवास भवन ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।