Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीमा प्रतिगामी चिन्तनविरुद्ध सडक कविता

रुपन्देहीमा प्रतिगामी चिन्तनविरुद्ध सडक कविता

images
  • रुपन्देहीमा प्रतिगामी चिन्तनविरुद्ध सडक कविता
    images
    images

    बुटवल । पुरातनवादी व्यवस्थालाई पुनःस्थापितगर्ने प्रयासको विरोधमा प्रगतिशील लेखक संघ, नेपाल लुम्बिनी प्रदेशले सडक कविता बाचन कार्यक्रम गरेको छ । दोस्रो जनआन्दोलन २०६२÷०६३ मार्फत नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यावस्थाको पक्षमा आवाज उठ्न थालेको भन्दै त्यसको विरुद्धमा संघले कविता वाचन कार्यक्रम गरेके हो । 

    images
    images
    images

    संघको जिल्ला समितिले संयोजन गरि ‘प्रतिगामी चिन्तन विरुद्ध सडक कविता’ नाम दिइएको उक्त कार्यक्रममा साहित्यकार तथा सर्जकहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथा मार्फत लोकतन्त्र विरोधी प्रवृत्तिहरूको भण्डाफोर गरे ।

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिका, मणिग्राम चोकमा शनिवार आयोजित कार्यक्रममा प्रगतिशील लेखक सघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारि पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याए । 

    images
    images
    images

    संघका रुपन्देही जिल्ला अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन असम्भव भएको भन्दै निरन्तर साहित्यिक तथा सचेतना अभियान आवश्यक रहेको बताए । नेपाली लेखक सघ, रूपन्देहीका अध्यक्ष लिलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

    ‘चिहानबाट जागेर को सक्छ फेरी आउन, प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन ?’ भन्ने नारासहित आयोजित कार्यक्रममा डा. पराजुली, डा. हरिप्रसाद भण्डारी, रूद्र ज्ञवाली, कविराज पौडेल, कृष्ण गाउँले, लिलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु के.सी., हरिप्रसाद पौडेल, नारायण प्रसाद भण्डारी लगायतका साहित्यकारहरूले रचनाहरू प्रस्तुत गरे ।

    साहित्यकारहरुले प्रस्तुत गरेका रचनाहरू लोकतान्त्रिक चेतना प्रवद्र्धन गर्ने, राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रको भण्डाफोर गर्ने, सामाजिक न्यायको पक्षपोषण गर्ने र जनताको अधिकारको संरक्षण गर्ने किसिमका रहेको संघका जिल्ला सदस्य सुनिता प्रतिबिम्बले जानकारी दिईन् । संघले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा साहित्यिक कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।