काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरेका छन्।
यसअघि मन्त्रिपरिषद्ले घिसिङमाथि चारबुँदे आरोप लगाउँदै ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत उनलाई सोधिएको स्पष्टीकरणमा मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकन विवरण समयमा नबुझाएको, शून्य अंक प्राप्त गरेको, तथा प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको आरोप समावेश थिए।
घिसिङले मन्त्रिपरिषद्ले उठाएको प्रश्नको जवाफ दिँदै ७ बुँदे स्पष्टीकरण बुझाएका थिए। उनले आफूविरुद्ध कारबाही हुने कुनै आधार नरहेको दाबी गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology