काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
सरकारको निर्णयबारे समाचारमार्फत जानकारी पाएको बताउँदै घिसिङले आफूले कुनै गल्ती नगरेको र राम्रो काम गरिरहेकै अवस्थामा हटाइएको भन्दै दु:ख व्यक्त गरे। "बिना कारण आरोप लगाएर हटाइएको महसुस गरेको छु, त्यसैले कानुनी बाटो अपनाउनेछु," उनले प्रतिक्रिया दिए।
सरकारको निर्णयलाई लिएर विभिन्न तहमा बहस भइरहेको छ। एक पक्षले यसलाई राजनीतिक हस्तक्षेपको रूपमा व्याख्या गरिरहेको छ भने अर्को पक्षले सरकारको विशेषाधिकारको रूपमा हेरिरहेको छ। अब घिसिङको कानुनी लडाइँले कुन मोड लिन्छ भन्ने चासो बढेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology