काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार दु्रत शहरीकरण, प्राकृतिक वातावरणीय ह्रास र सामाजिक–आर्थिक असमानताको बहुआयामिक चुनौतीहरु चिर्न प्रतिवद्ध रहेको बताएक छन् ।
बुधवार ललितपुरमा आयोजित शहरी शासन र विकाससम्बन्धी क्षेत्रीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकार जीवन र जीविकोपार्जनमा केन्द्रित भएर समावेशी शहरी शासनको संरचना निर्माण गर्न प्रतिवद्ध रहेको बताए । उनले नेपालले मात्र नभई एसियाली मुलुकहरुले दु्रत शहरीकरण, प्राकृतिक वातावरणीय ह्रास र सामाजिक–आर्थिक असमानताको बहुआयामिक चुनौतिहरु सामना गरिरहेको समेत बताए ।
उपप्रधानमन्त्री सिंहले स्तरीय अर्थतन्त्रमा पहुँच, सुरक्षित आवास, स्वच्छ वातावरण र सामाजिक गतिशीलताको लागि अवसर सिर्जना गर्ने खालको शहर निर्माणमा ध्यान दिनुर्ने उल्लेख गरे । उनले शहरीकरण, जनसांख्यिकीय परिवर्तन, जलवायु परिवर्तन र विभिन्न कालखण्डमा आएका प्राकृतिक प्रकोपहरुको कारण प्राकृतिक सम्पदाहरु विनास हुँदै गइरहेको जनाउँदै यसको लागि एकीकृत शहरी विकास कार्यक्रम जरुरी रहेको बताए ।
सम्मेलनले नेपालमा मात्र नभई एशिया क्षेत्रको शहरीकरणलाई लचिलो र समावेशी बनाउने आधार तयार गर्ने मन्त्री सिंहले विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology