Logo

२०८३, आश्विन १०गते


images
images

नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छ : उपप्रधानमन्त्री सिंह

नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छ : उपप्रधानमन्त्री सिंह

images
  • नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छ : उपप्रधानमन्त्री सिंह
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् । आईतवार काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    उपप्रधानमन्त्री सिंहले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए । उनले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गरे । उनले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताए ।  

    images
    images
    images

    “राम्रो काम गर्न गाह्रो चाहीँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ ।” उनले भने, “०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले ग¥यो भने सम्भव हुन्छ ।”  

    images
    images
    images

    उपप्रधानमन्त्री सिंहले लुम्बिनीमा बनेको महाविहारले पर्यटकीय गतिविधिलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।