Logo

२०८३, आश्विन १०गते


images
images

तिलोत्तमा गोल्ड कप

तिलोत्तमा गोल्ड कप : फाईनल प्रवेशका लागि चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

तिलोत्तमा गोल्ड कप : फाईनल प्रवेशका लागि चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

images
  • तिलोत्तमा गोल्ड कप : फाईनल प्रवेशका लागि चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
    images
    images

    बुटवल । २३औं संस्करणको तिलोत्तमा गोल्ड कपमा बिहिवार अन्तिम सेमिफाइनल खेल हुँदैछ । बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरमा आज दिउँसो ३ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्बले प्रतिस्पर्धा गर्नेछन् । 

    images
    images
    images

    बिहिवारको विजेता समुहले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधवार भएको पहिलो सेमिफाइनलमा संकटा एफसीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । उले संकटा एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

    images
    images
    images

    रुपन्देही जिल्ला फुटबल संघको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय, ६६ रुपैंयाँ प्राप्त गर्नेछ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।