देवदह । देवदह नगरपालिका वडा नं ५ मा खेलकुद समिति गठन भएको छ । नगर प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा बसेको बैठकले नविन लुईटेलको अध्यक्षमा ९ सदस्यीय खेलकुद समिति गठन गरेको हो ।
समितिको उपाध्याक्षमा कुलबिर घर्ती मगर, सचिवमा सलिना रेश्मी, कोषाध्यक्ष पारस न्यौपाने र सह सचिवमा निश्वल अर्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा विबेक खराल, बालकृष्ण सुनार, संगिता तामाङ्ग र सुवास चापागाई रहेको अध्यक्ष डुम्रेले जानकारी दिए ।
वडा अध्यक्ष डुम्रेले वडा नं ५, खेलकुद समिति गठन गर्ने पहिलो वडा भएको दाबी गरे । उनले वडामा रहेका खेल प्रेमी युवाहरुलाई हौसला प्रदान गर्नै र खेलप्रति युवालाई आकर्षित गर्ने उद्देशका साथ समिती गठन गरिएको बताए ।
उनले विगतमा खेलकुद समिती नबनेको हुँदा खेलकुदमा बजेट निकासा गर्न उपभोक्त समिती निर्माण गर्नु पर्ने र उक्त क्रियाकलपले बेरुजु देखिने हुँदा आगमी दिनहरुमा समितीले नगर खेलकुद समिती संगको समन्वयमा वडामा आयोजना हुने सम्पुर्ण खेलकुदका क्रियाकलापमा अग्रसरता देखाउने विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology