Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली कांग्रेस गुल्मी नेतृत्वद्वारा  रुरु प्राथमिक स्वास्थ्य केन्द्र अबलोकन  

नेपाली कांग्रेस गुल्मी नेतृत्वद्वारा  रुरु प्राथमिक स्वास्थ्य केन्द्र अबलोकन  

images
  • सेतोमसी सहकर्मी
  • नेपाली कांग्रेस गुल्मी नेतृत्वद्वारा  रुरु प्राथमिक स्वास्थ्य केन्द्र अबलोकन  
    images
    images

    कृष्ण अन्जान, रुरु ।  नेपाली काँग्रेसकाे जिल्ला स्तरिय नेतृत्वकाे टाेली रुरु प्राथमिक स्वस्थ केन्द्रकाे सेवा सुविधाका बारेमा अवलाेकन गर्नुका साथै जानकारी लिएकाे छ । 

    images
    images
    images

    पार्टीका जिल्ला सभापति भुवन श्रेष्ठकाे नेतृत्वमा रुरु प्राथमिक स्वास्थ केन्द्रमा पुगेकाे टाेलीमा पार्टीका पुर्व सभापति राजेन्द्र पन्त पार्टी पुर्व उपसभापति शलिक पन्थि बर्तमान उपाध्यक्ष विष्णु बलाल सचिव खिलध्वज पन्थी लगाएतका नेता सहभागी थीए । 

    images
    images
    images

    टाेलिले रुरु प्राथमिक स्वास्थ केन्द्रकाे बर्तमान अवस्था भौतिक सँरचना स्वास्थ केन्द्रमा जडान गरिएका उपकरण बारे रुरु स्वास्थ केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकाश पन्थीबाट जानकारी लिनुका साथै थप सुविधा सम्पन्न गराउन आफ्नाे तर्फ बाट पहल हुने निरिक्षणमा अस्पताल पुगेकाे टाेलीले आश्वासन दिएकाे छ ।

    images
    images
    images


    गुल्मी जिल्लामै पहिलाे पटक रुरुक्षेत्र गाउँपालिकाकाे रिडीमा रहेकाे रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक डिजीटल एक्सरे मसिन जडान गरिएकाे छ । 

    पाँचसय एम्पेएरकाे याे डिजिटल एक्सरे मसिन रुरुक्षेत्र गाउँ पालिकाकाे पहलमा  लुम्बिनी प्रदेश सरकार बाट उपलब्ध भएकाे हाे । 

    अत्याधुनिक डिजीटल एक्सरे मसिन जडान भएसँगै ढाड कम्मर टाउकाे लगाएत शरिरका अन्य भागहरुकाे स्पष्ट एक्सरे आउने र अब अत्याधुनिक एक्सरेका लागि बुटवल पाल्पा लगाएतकामा जानू नपर्ने भएकाे छ ।
    रुरु प्राथमिक स्वास्थ केन्द्रमा जडान गरिएकाे डिजिटल एक्सरे मसिन कलर डाेप्लर सहितकाे रहेकाे डाक्टर  पन्थीले बताए  । 

    गुल्मी पाल्पा र स्याङ्जाकाे सँगम स्थल रिडीमा रहेकाे रुरु प्राथमिक स्वास्थ केन्द्र अत्यधिक बिरामीकाे चाप हुने ठाउँ भएकाे र ले पनि अत्याधुनिक एक्सरे मसिन जडानकाे आवस्यकता रहेकाे थियाे ।
    रुरु प्राथमिक स्वास्थकेन्द्र मा भौतिक सँरचना हुँदा हुँदै पनि चाप बढि र चिकित्सक कम हुँदा समस्यमा जुधि रहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।