Logo

२०८३, आश्विन १०गते


images
images

सहकारी दिवस

६८औं रास्ट्रिय सहकारी दिवसको अवसरमा पल्लवी सहकारीको दन्त परिक्षण

६८औं रास्ट्रिय सहकारी दिवसको अवसरमा पल्लवी सहकारीको दन्त परिक्षण

images
  • ६८औं रास्ट्रिय सहकारी दिवसको अवसरमा पल्लवी सहकारीको दन्त परिक्षण
    images
    images

    देवदह । ६८औं रास्ट्रिय सहकारी दिवसको अवसर पारेर पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहले निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालय सितलनगरमा भएको कार्यक्रममा ७४ जनाको दन्त परिक्षण गरिएको छ । 

    images
    images
    images

    संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपानेले सहकारीका सात सिद्धान्तका विषयमा चर्चा गर्दै वचत र ऋण लगानीलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले सहकारीहरुले आर्थीक कारोवारसँगै सामाजिक कृयाकलापमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे । 

    images
    images
    images

    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खुम प्रसाद भण्डारीले सहकारीले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा ध्यान दिएर कार्यक्रम राख्नु सरहानिय भएको बताए । उनले सहकारीले समय समयमा प्रदान गर्ने सेवामुखि कार्यक्रमहरु बाट सेयर सदस्यले लाभ लिनुपर्ने उल्लेल गरे । 

    images
    images
    images

    संस्थाका अध्यक्ष प्रमोद खरेलको अध्यक्षता, उपाध्यक्ष कृष्णप्रसाद गैरेको स.स्वागत र व्यवस्थापक केशव आचार्यको संचालनमा भएको कार्यक्रममा लेखा संयोजक नामदेब अर्याल, कोषाध्यक्ष जगनाथ अधिकारी लागायत संचालक समिती, लेखा समिति, पुर्व संचालक, सेवा केद्र संचालक, विभिन्न उपसमिति सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो । 

    मर्यादित सहकारी, समुन्नत समाज भन्ने नाराको साथमा यसबर्ष रास्ट्रिय सहकारी दिवस मनाईदैछ । दन्त परिक्षण कार्यक्रममा सितल डेण्टलको प्राविधिक सहयोग रहेको र डा. सीमा घर्तीमगरले दन्त परिक्षण गरेको संस्थाका बरिष्ठ सहायक सुवास पाण्डेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्ट्रिय सहकारी दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।