Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी प्रकरण

रवि लामिछाने थुनामा पठाउने अदालतको आदेश, रास्वपा आकस्मिक छलफलमा

रवि लामिछाने थुनामा पठाउने अदालतको आदेश, रास्वपा आकस्मिक छलफलमा

images
  • रवि लामिछाने थुनामा पठाउने अदालतको आदेश, रास्वपा आकस्मिक छलफलमा
    फाइल फोटो
    images
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेशसँगै पार्टी नेतृत्व आकस्मिक छलफलमा जुटेको छ। उच्च अदालत तुलसीपुरको बुटबल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ। 

    images
    images
    images

    इजलासमा न्यायाधीश रमेश ढकाल र स्विकृती पराजुली थिए। उनीहरूको आदेशले जिल्ला अदालत रुपन्देहीको पुरानो आदेश बदर गरेको हो। यस अघि एक करोड धरौटीमा लामिछानेलाई जिल्ला अदालतले छोडेको थियो। 

    images
    images
    images

    यस घटनापछि काठमाडौंमा उपलब्ध रास्वपाका शीर्ष नेताहरू सचिवालयमै आपतकालीन बैठकमा बसेका छन्। एक नेताले भने, "अबको रणनीति के हुन्छ भन्नेबारे योजना बनाउँदैछौं।"

    images
    images
    images

    यता, रास्वपाले भोलि चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम तय गरेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै 'धेरै कुरा भन्ने' तयारीमा थिए रवि लामिछाने। अब त्यो सम्भव छैन।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।