Logo

२०८३, आश्विन १०गते


images
images

टी २० आई सिरिज

चारदेशीय टी–२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

चारदेशीय टी–२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

images
  • चारदेशीय टी–२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित
    images
    images

    काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालले लगातार दोस्रो जित हासिल गरेसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधवार कतारलाई ८ विकेटले हराएको थियो ।

    images
    images
    images

    कुवेतविरुद्ध विहिवारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए । यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए । १४औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो ।

    images
    images
    images

    आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे । त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए । ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए । 
    सोहि ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो । ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए ।

    त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए । दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो । उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए । गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।