काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।
उनले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे । मन्त्री पौडेलले काँग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेका उपलब्धिहरु पनि नेपालले गरेको बताए ।
‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको हो । ‘आज काँग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन ।’ मन्त्री पौडेलले भने, काँग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालीरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरु प्रश्तुत गर्नसक्छौँ ।’
मन्त्री पौडेलले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रश्ताव गरे । पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने उल्लेख गरेका उनले संघीय मन्त्रीमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने बताए ।
मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology