Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादीको हुलाकी राजमार्ग अभियान

२०८४ सम्म सरकारमा जाँदैनौँ : अध्यक्ष दाहाल

२०८४ सम्म सरकारमा जाँदैनौँ : अध्यक्ष दाहाल

images
  • २०८४ सम्म सरकारमा जाँदैनौँ : अध्यक्ष दाहाल
    images
    images

    बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता बढाएको बताएका छन् । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा बिपिहवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताए । 

    images
    images
    images

    जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । दाहालले भ्रष्टाचारी र भूमाफियाहरु विरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गरे । उनले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरुको संरक्षण गरेको भए काँग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गरे । 

    images
    images
    images

    ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ ।’ प्रचण्डले भने, ‘सरकारमा चाँही ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ ।’

    images
    images
    images

    माओवादी अध्यक्ष दाहालले (माओवादी केन्द्र) ले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस गरेको समेत बतााएका छन् । उनले अभियानका क्रमा आफूहरुले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको आत्मविश्वास पाएको बताए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरकार
  • # २०८४
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।