सृजना सेन, प्यूठान । प्यूठानमा कोरोनो भाइरसका कारण दुई पुरुषको मृत्यू भएको छ । जिल्लाको झिमरुक गाउँपालिका ४ को ५९ बर्षिय एक पुरुष र स्वर्गद्धारी नगरपालिका ४ को ४८ बर्षिय पुरुष गरि दुई जनाको मृत्यू भएको हो ।
दुबै जनाको भैरहवामा उपचारको क्रममा मृत्यू भएको हो । झिमरुक गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिकास केसीका अनुसार पखला लागेको र जिल्लामा निको हुन नसेकपछि दाङ रिफर गरिएको थियो । दाङमा कोरोना पुष्टि भएपछि भैरहवा रिफर गरिएको केसिले जानकारी दिनु भएको छ ।
त्यस्तै बैसाख ३ गते भारतबाट आउँदै गर्दा विरामी भएका स्वर्गद्धारीका पुरुषको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार गरिएको थियो । निको नभएपछि प्युठान जिल्ला अस्पताल हुँदै भैरहवा रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology