Logo

२०८३, श्रावण ३०गते


images
images

प्रविधि

बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस् : प्रधानमन्त्री

बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस् : प्रधानमन्त्री

images
  • बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग नहोस् : प्रधानमन्त्री
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको हत्या र असत्यको प्रवद्र्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा जोड दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताए ।

    images
    images
    images

    उनले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    ‘बेइमानीको खेती गर्न र इमानको हत्या गर्न टेक्नोलोजीको दुरुपयोग नहोस् भन्ने कुरामा हामी सजग हुनुपर्दछ । सत्यको गला रेट्न र असत्यको जरामा पानी हाल्नको लागि एआईको प्रयोग नहोस् ।’ उनले भने, ‘टेक्नोलोजीको विकाससँगै आएका समस्याहरुको हामीले समाधान पनि गर्दै जानुपर्छ ।’

    images
    images
    images

    कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उपकरणहरू दुरुपयोग भइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रविधि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।