Logo

२०८३, आश्विन ११गते


images
images

मौसम

बिहानैदेखि झरी, दिनभर चट्याङ र हावाहुरीसहितको वर्षाको सम्भावना

बिहानैदेखि झरी, दिनभर चट्याङ र हावाहुरीसहितको वर्षाको सम्भावना

images
  • बिहानैदेखि झरी, दिनभर चट्याङ र हावाहुरीसहितको वर्षाको सम्भावना
    फाईल फोटो
    images
    images

    काठमाडौँ । देशमा सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले आज आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा भइरहेको छ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि बादल देखिएको छ भने बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    images
    images
    images

    दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने प्रक्षेपण गरिएको छ। कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनसक्ने देखिएको छ।

    images
    images
    images

    रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ। यस्तै, पहाडी भेगका केही स्थान र बाँकी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने संकेत छ। हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले चट्याङ र हावाहुरीसहितको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।