Logo

२०८३, श्रावण ३०गते


images
images

पत्रकारिता

क्यामरा बोकेर फेसबुक, युट्युब चलाउँदैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

क्यामरा बोकेर फेसबुक, युट्युब चलाउँदैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

images
  • क्यामरा बोकेर फेसबुक, युट्युब चलाउँदैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत
    images
    images

    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताएका छन् । बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गरे । उनले फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताए । 

    images
    images
    images

    अध्यक्ष बस्नेतले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताउँदै पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताए । उनले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गरे । पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको बताउँदै दुःख भित्र सुख खोज्नुपर्ने अवस्था रहेको बस्नेतको भनाई छ ।  

    images
    images
    images

    उनले भने, ‘हामीले अझ नमूना बनेर नमुनाको पत्रकारिता ग¥यौ भने अरूले सिकुन् न, अरूले पनि सिक्नुपर्छ नि । अहिले को पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ । त्यसको हल गर्नको लागि कम्तीमा हामीले पत्रकार चाहीँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट परिचय दिनुपर्नेछ ।’  

    images
    images
    images

    अध्यक्ष बस्नेतले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।