Logo

२०८३, श्रावण ३०गते


images
images

सङ्घीयता कार्यान्वयनमा सरकारी चासो

सङ्घीयता कार्यान्वयन गर्नेकुरा सरकारको प्रार्थमिकता हो : महामन्त्री थापा

सङ्घीयता कार्यान्वयन गर्नेकुरा सरकारको प्रार्थमिकता हो : महामन्त्री थापा

images
  • सङ्घीयता कार्यान्वयन गर्नेकुरा सरकारको प्रार्थमिकता हो : महामन्त्री थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानून चाँडो पारित गर्ने विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई पारित गर्न सरकारको मात्रै पहलकदमीले नपुग्ने बताए । 

    images
    images
    images

    महामन्त्री थापाले कानूनहरूलाई पारित गर्न सरकार, संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा विधेयक, प्रहरी विधेयकलगायतका सङ्घीयता कार्यान्वयनसँग जोडिएका करिव ४० वटा विधेयकहरू पारित गर्नुपर्ने चुनौती सरकारमाथि रहेको बताए । उनले सरकारमा रहेका मन्त्रीहरूका शासकीय लक्ष्यहरूलाई पूरा गर्न मद्दत पुग्ने तीस बढी कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संसद्को सक्रियता बढाउनुपर्ने जिकिर गरे ।  

    images
    images
    images

    उनले भने, “यो सरकारले अहिले आफ्नो कामहरूको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने विषय राखेको छ । यही अनुसार पहलकदमी लिइएको छ । यसका निम्ति सरकारले पहलकदमी लिएर मात्रै हुँदैन । संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेछ ।”  

    images
    images
    images

    महामन्त्री थापाले समयमै कानून नबनाउनुमा सरकार, संसद् र संसदीय समिति सबै दोषी रहेको धारणा व्यक्त गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरकार
  • # सङ्घीयता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।