काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । सङ्घीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका हुन् ।
विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको दावी गर्दै उनले वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्दै शाक्यले समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने धारणा राखे ।
समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आपूm लागिपरेको उनको भनाई छ । प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।
शाक्यले भने, ‘पश्चिमको लाइन ट्रीप भएका कारणले करिव २ घण्टा विद्युत प्रशारण अवरोध भएको हो । करिब ८ बजेमात्र ढल्केबर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महत्वपूर्ण छ भन्नेकुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ । हामी भारतसँग निर्भर छौं भन्नु राम्रो त होइन तर यो तीन चार महिना उत्पादन नबढेसम्म हामी कमजोर हुँदा रहेछौं । भारतको बिजुली आएन भने यसले समस्या निम्त्याउँछ भन्ने देखाएको छ ।’
उनले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्नेगरी काम भइरहेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology