Logo

२०८३, आश्विन ९गते


images
images

नाफामा गिरावट

विद्युत् प्राधिकरणको नाफामा ३७ प्रतिशतले घट्यो

विद्युत् प्राधिकरणको नाफामा ३७ प्रतिशतले घट्यो

images
  • विद्युत् प्राधिकरणको नाफामा ३७ प्रतिशतले घट्यो
    images
    images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नाफामा गिरावट आएको छ । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ ।

    images
    images
    images

    आर्थिक बर्ष २०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७.३२ प्रतिशत कम हो । आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको कर अघिको नाफा १३ अर्ब ३० करोड थियो । २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा छ ।प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशत बढी हो ।

    images
    images
    images

    अन्य स्रोतबाट प्राप्त आम्दानीसहित २०८१/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको जानकारी दिइएको छ । प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । हाल प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित २०४ आयोजना मार्फत २९ सय २९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

    images
    images
    images

    त्यस्तै १४२ आयोजना ४३ सय ३ मेगावाट क्षमतासहित निर्माण चरणमा छन् । कुल ४२ सय ३ मेगावाट क्षमताका १४८ आयोजना विभिन्न चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । २०८१/८२ मा मात्रै ३१ निजी प्रवर्द्धकसँग ९३२ मेगावाटका जलविद्युत् आयोजना र ८ प्रवर्द्धकसँग १७० मेगावाट क्षमताका सौर्य आयोजना खरिद सम्झौता भएको छ । अहिलेसम्म निजी प्रवर्द्धकसँग कुल ११ हजार ४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।