Logo

२०८३, आश्विन ९गते


images
images

कर्मचारी उद्धारमा ढिलाइबारे विद्युत् प्राधिकरणको प्रष्टीकरण

कर्मचारी उद्धारमा ढिलाइबारे विद्युत् प्राधिकरणको प्रष्टीकरण

images
  • कर्मचारी उद्धारमा ढिलाइबारे विद्युत् प्राधिकरणको प्रष्टीकरण
    images
    images

    काठमाडौँ । विपद्का कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको उद्धारमा ढिलाइ भएको विषयमा नेपाल विद्युत् प्राधिकरणले प्रष्टीकरण दिएको छ ।

    images
    images
    images

    प्राधिकरणले कर्मचारीको सुरक्षित उद्धारलाई पहिलो र सर्वोच्च प्राथमिकतामा राखेर निरन्तर प्रयास भइरहेको जनाएको छ । प्राधिकरणले विपद्को कठिन अवस्थामा आफ्ना प्रियजन, साथी तथा सहकर्मी सम्पर्कविहीन हुँदा परिवार र सहकर्मीमा उत्पन्न हुने चिन्ता, बेचैनी तथा आक्रोशलाई आफूहरूले गहिरोसँग बुझेको जनाएको छ । सम्पर्कविहीन प्रत्येक कर्मचारी आफ्नै परिवारको सदस्य भएकाले उनीहरूको अवस्थाप्रति प्राधिकरण पनि उत्तिकै चिन्तित रहेको बताइएको छ ।

    images
    images
    images

    कर्मचारीको उद्धारमा ढिलाइ गर्ने, पन्छिने वा बेवास्ता गर्ने कुनै मनसाय नरहेको प्राधिकरणले स्पष्ट पारेको छ। विपद् आएको क्षणदेखि नै सम्बन्धित टोलीहरू दिनरात नभनी उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनाको काममा खटिरहेको प्राधिकरणको भनाइ छ ।

    images
    images
    images

    अत्यन्त कठिन भौगोलिक तथा मौसमीय अवस्थाका बाबजुद प्राधिकरणका कर्मचारीहरू आफ्नै ज्यानको जोखिम मोलेर घटनास्थलमा खटिइरहेको जनाइएको छ । सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै उपलब्ध साधन, स्रोत तथा जनशक्ति परिचालन गरेर उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्भावित सबै मार्ग, उपाय र माध्यमबाट प्रयास भइरहेको प्राधिकरणको भनाइ छ । उद्धारका लागि कुनै पनि सम्भावित प्रयास बाँकी नराखिएको र कर्मचारीको सुरक्षित उद्धार नभएसम्म प्रयास जारी राख्ने प्रतिबद्धता पनि प्राधिकरणले जनाएको छ ।

    आफ्ना साथी वा सहकर्मी सम्पर्कमा नहुँदा प्रश्न उठ्नु, चिन्ता र आक्रोश हुनु स्वाभाविक तथा जायज भएको प्राधिकरणले स्वीकार गरेको छ । तर अहिलेको कठिन अवस्थामा एक–अर्काविरुद्ध उभिनुभन्दा एक–अर्कालाई साथ दिने, हौसला दिने र धैर्य राख्ने समय भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले सम्पर्कविहीन कर्मचारीहरू आफूहरूबाट अलग नभई आफ्नै साथी, सहकर्मी तथा साझा परिवारका सदस्य भएको उल्लेख गरेको छ । उनीहरूको जीवन र सुरक्षित उद्धारप्रति प्राधिकरण पूर्ण रूपमा संवेदनशील, प्रतिबद्ध र अडिग रहेको जनाएको छ ।

    ‘हामी रोकिएका छैनौँ, हामी थाकेका छैनौँ, हामी पछि हटेका छैनौँ’ भन्दै प्राधिकरणले उद्धार प्रयास निरन्तर भइरहेको स्पष्ट पारेको छ ।

    विपद्को यस अवस्थामा दोषारोपणभन्दा एकता, सहकार्य, मानवीय संवेदना र धैर्य आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणले आफ्ना सम्पर्कविहीन कर्मचारीसहित प्रभावित सबै नागरिकको सुरक्षित उद्धारका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।