Logo

२०८३, आश्विन ९गते


images
images

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६ उद्योगको लाइन काटियो

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६ उद्योगको लाइन काटियो

images
  • डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६ उद्योगको लाइन काटियो
    images
    images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौता रकम नबुझाएका उद्योगको बिजुली काटेको छ ।

    images
    images
    images

    डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन पछिल्लो पटक दिएको समय आइतबार राति १२ बजे सकिएकोमा सोमबार लक्ष्मी पुजा परेकाले नकाटेको विद्युतको लाइन मंगलबार बिहान काटिएको छ ।

    images
    images
    images

    प्राधिकरणका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको छ । प्राधिकरणले जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिएको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली प्रयोग गरेबापतको थप महसुल हो ।

    images
    images
    images

    प्राधिकरणले असोज १२ मा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै कात्तिक १७ भित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइएको छ । असोज १३ मा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो ।

    सूचना जारी भएपछि २८ महिनाको किस्ताबन्दी सुबिधाको प्रयोग गर्दै  हामा आइरन एन्ड स्टील, सर्बोत्तम सिमेन्ट, हुलास स्टिल, असोक स्टिल, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।