Logo

२०८३, आश्विन ११गते


images
images

मौसम

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

images
  • देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ । देशमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव सक्रिय छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक असर पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    यसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभाग भने मुख्यतः सफादेखि आंशिक बदली अवस्थामा रहेको छ। कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    images
    images
    images

    देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्छ।

    images
    images
    images

    राति पनि कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना कायम रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा हुने सम्भावित वर्षा र चट्याङको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।