काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् । बिहीवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् ।
सांसद मोदीले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताए । आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको उनले जिकिर गरे । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने उनले दोहा¥याएका छन् ।
सांसद मोदीले भने, ‘संसद भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेण्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ । हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिवन्ध लगाउन पाउनु हुन्न । सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरु हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरुको हामी दास हो र ?’
उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहुञ्जेलसम्म प्रश्न रही रहने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology