Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी प्रकरण

रवि लामिछानेबारे सर्वोच्चको आदेश प्रतीक्षा, रुपन्देही कारागारमा रास्वपा कार्यकर्ताको भीड

रवि लामिछानेबारे सर्वोच्चको आदेश प्रतीक्षा, रुपन्देही कारागारमा रास्वपा कार्यकर्ताको भीड

images
  • रवि लामिछानेबारे सर्वोच्चको आदेश प्रतीक्षा, रुपन्देही कारागारमा रास्वपा कार्यकर्ताको भीड
    फाइल फोटो
    images
    images

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनामुक्ति वा निरन्तर थुनामा राख्नेबारे सर्वोच्च अदालतको आदेश आउनुअघि नै रुपन्देही कारागार अगाडि रास्वपाका कार्यकर्ताहरूको उपस्थिति बाक्लिँदै गएको छ।

    images
    images
    images

    शुक्रवार लामिछानेकी पत्नी निकिता पौडेलद्वारा सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकिएपछि आजै आदेश आउने अपेक्षा गरिएको छ। आदेश आउनु केहीबेरअघि नै जिल्ला कारागार रुपन्देही अगाडि कार्यकर्ताहरू जम्मा हुन थालेका हुन्।

    images
    images
    images

    सुप्रिम सहकारी प्रकरणमा ठगीसम्बन्धी अभियोगमा लामिछानेमाथि अनुसन्धानका लागि उच्च अदालत बुटवलको इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटी आदेश उल्ट्याउँदै उनलाई थुनामा राख्न निर्देशन दिएको थियो। सोही आदेशका आधारमा उनी हाल रुपन्देही जिल्ला कारागारमा छन्।

    images
    images
    images

    लामिछानेको मुद्दाले राजनीतिक र सामाजिक तहमा व्यापक चासो उत्पन्न गराएको छ। पार्टी कार्यकर्ताहरूले उनको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएका छन्। यसैबीच, रास्वपाका नेताहरूले सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिहरूमा सर्वोच्चको निष्पक्ष र शीघ्र निर्णयको अपेक्षा व्यक्त गर्दै आएका छन्।

    कारागार अगाडि भेला भएका कार्यकर्ताहरूको उपस्थिति, नाराबाजी र मौन धारणजस्ता गतिविधिले यस विषयको संवेदनशीलता झनै बढाएको देखिन्छ। सुरक्षा व्यवस्था कडा बनाइएको छ भने स्थानिय प्रशासन र सुरक्षाकर्मी सतर्क अवस्थामा छन्।

    रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दामा न्यायिक प्रक्रिया जारी रहँदा आज सर्वोच्चको आदेश निर्णायक बन्न सक्नेछ। आदेशको प्रतिक्षामा पार्टी कार्यकर्ता सडकमा उत्रिएका छन् भने कानुनी र राजनीतिक क्षेत्र दुवैले यो घटनालाई गम्भीर रूपमा लिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।