Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

नेशनल प्याब्सन रुपन्देहीद्वारा नेपाली विषय शिक्षकलाई तालिम

नेशनल प्याब्सन रुपन्देहीद्वारा नेपाली विषय शिक्षकलाई तालिम

images
  • नेशनल प्याब्सन रुपन्देहीद्वारा नेपाली विषय शिक्षकलाई तालिम
    images
    images

    देवदह । नेशनल प्याब्सन रुपन्देहीले शनिबार नेपाली विषय पढाउने शिक्षकहरूका लागि एक दिने तालिम संचालन गरेको छ। जिल्लाभरिका संस्थागत विद्यालयमा कार्यरत ६७ जना शिक्षकको सहभागितामा सम्पन्न तालिममा शिक्षण सिकाइका सैद्धान्तिक र व्यावहारिक पक्षमाथि छलफल गरिएको थियो।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत लुम्बिनी परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले शिक्षकले निरन्तर सिक्ने अभ्यासलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने धारणा राखे। उनले तालिममार्फत शिक्षकको क्षमतामा आउने विकासले शिक्षाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे।

    images
    images
    images

    नेशनल प्याब्सनका केन्द्रीय कार्यवाहक महासचिव कृष्णप्रसाद पौडेलले निजी विद्यालयहरूले शिक्षामा दिएको योगदानलाई अझै पनि राज्यले समुचित मूल्याङ्कन गर्न नसकेको टिप्पणी गरे। उनले निजी र सामुदायिक विद्यालयलाई एउटै दृष्टिले हेर्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    कार्यक्रम नेशनल प्याब्सन रुपन्देहीका कार्यबहाक अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य जेबी क्षेत्री, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सहभागी शिक्षक सृजना जिसी र करिस्मा केसी लगायतले शिक्षकलाई तालिम र अभ्यासमा निरन्तर सक्रिय रहन प्रेरणा दिने खालका धारणा राखे।

    तालिममा स्वर्णीम पब्लिकेशनको सहकार्य रहेको थियो। सो पब्लिकेशनका लेखक डिल्लीराम अर्याल र विक्रम पौडेलले सहजीकरण गरेका थिए। कार्यक्रम जिल्लाका सदस्य सौगात भट्टराईको स्वागत मन्तव्य र सचिव विनोद थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।